logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • तीनकुनेको हिंसात्मक घटनामा संलग्नहरूलाई ज्यान मुद्दामा अनुसन्धान

    931Shares
    तीनकुनेको हिंसात्मक घटनामा संलग्नहरूलाई ज्यान मुद्दामा अनुसन्धान

    काठमाडौं । शुक्रबार तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान हुने भएको छ । शुक्रबार रातिको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलाप बारे गम्भीर रूपमा छलफल भएको थियो । शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन गर्न थालिसकेको छ ।

    व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराधको आरोप आकर्षित हुनेगरी अनुसन्धान अघि बढिसकेको छ । एक मन्त्रीका अनुसार, शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको विमति नभएपछि विरोधसभाका नाममा शुरु भएको तोडफोड र दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर भएर प्रस्तुत हुन गृहप्रशासनलाई निर्देशन दिएको एक मन्त्रीले बताए ।

    ‘आन्दोलनकारीको नेतृत्व गरिरहेकाहरूले नै उग्र र भड्काउपूर्ण अभिव्यक्तिका साथ संगठित रूपमा हमला गरेकाले त्यसमाथि तत्काल अनुसन्धान अघि बढाउने कुरा भएको छ’ ती मन्त्रीले भने, ‘घरभित्र पसेका पत्रकारको ज्यान जानेगरी आगजनी भएको छ, सुरक्षाकर्मीको ज्यान लिने उद्देश्यले सवारीसाधन जबर्जस्ती अघि बढाएको छ, त्यसमा को को छन्, अनुसन्धान शुरु हुँदैछ ।’स्रोतका अनुसार, प्रहरीले उनीहरूमाथि आकर्षित हुने कसुर र अनुसन्धानका वारेमा महान्यायाधीवक्ता कार्यालयका उच्च अधिकारीहरूसँग अनौपचारिक छलफल शुरु गरिसकेको छ । प्रहरीले तीन प्रकृतिका घटनालाई समानान्तर रूपमा अनुसन्धान गर्ने तयारी छ ।

    ‘शान्तिपूर्ण विरोध प्रदर्शन र त्यसक्रममा अवज्ञाको रूपमा निषेधित क्षेत्र तोडेको भए पक्राउ परेकाहरू केहीबेर वा बेलुकी रिहा हुन्थे’ उनले भने, ‘यो घटनामा व्यक्ति भएको घरमा आगो लगाइएको छ, सुरक्षाकर्मीलाई मार्ने उद्देश्यले गाडी अगाडि बढाइएको छ । तोडफोड र लुटपाट छ । त्यही अनुसार अनुसन्धान अघि बढ्छ ।’उनका अनुसार, पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गर्ने र म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी छ । घटनामा संलग्न नभएकाहरूलाई भने सोधपुछ र केरकार गरेर छाड्ने काम भइरहेको उनले बताए ।

    महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सरकारको निर्देशन बमोजिम घटनामा संलग्नहरूमाथि अनुसन्धान हुने र कसुरमा संलग्नता हेरेर मुद्दा अघि बढ्ने बताउँछन् । ‘व्यक्तिको ज्यान गएको छ, आगजनी भएको छ, लुटपाट भएको देखिन्छ’ उनले भने, ‘त्यही अनुसन्धान अनुसन्धान अघि बढ्छ । राज्यविरुद्धको कसुरदेखि संगठित अपराध रहेछ भने त्यसमा को–को संलग्न छन्, अनुसन्धान गर्नेहरूले हेरेपछि बाँकी काम अघि बढ्ला ।’



    फास्ट न्युज    
  • २०८१ चैत्र १६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार