logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • नारायणहिटी दरबार अगाडि राजावादीकाे प्रदर्शन

    1.2KShares
    नारायणहिटी दरबार अगाडि राजावादीकाे प्रदर्शन

    काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपाल नामक संगठनको अगुवाईमा राजावादीहरूले शनिबार दिउँसो नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् ।

    ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गरौँ । राजा जनता एक हौँ’ लेखिएको ब्यानर र राष्ट्रिय झण्डासहित आएको समूहले नारायणहिटीको प्रवेश द्वार अगाडि यातायात अवरुद्ध हुने गरेर प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय विभिन्न राजावादी समूहहरू नारायणहिटी दरबार संग्राहलय अघि पुगेर राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

    यसअघि राजसंस्थाको वकालत गर्दै आएका राजनीतिक दल र समूहहरूले फागुन २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । उनीहरूको प्रदर्शनपछि गणतन्त्रवादी दलहरू हच्किएका छन् । शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहलाई फेरि तेस्रोपल्ट राजा बनाउने भन्दै सक्रिय हुन थालेपछी समाजवादी मोर्चा, नेपालले चैत १५ गते वृहत विरोध सभाको घोषणा गरेको छ ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) संयुक्त मोर्चा बनाएर गतिविधिहरू गर्दै आएका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार