logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

    925Shares
    बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

    काठमाडौं । विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा  र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको हो।

    सिलवालले आफ्नो जीवनकालमा तीन पटक नागरिकता लिएको देखिन्छ । उनले पहिलोपटक २०३२ फागुन २४ गतेको नागरिकता लिएका थिए । उक्त नागरिकतामा उनको उमेर १६ वर्ष उल्लेख थियो ।  तर त्रिभुवन विश्वविद्यालयबाट जारी भएको डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ गते उल्लेख थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका भन्ने आरोपबाट पनि विशेष अदालतले सफाइ दिएको हो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट