logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • ट्रम्पसँग विवाद भएपनि दुई देशबीचको सम्बन्धलाई बचाउन सकिन्छ: जेलेन्स्की

    955Shares
    ट्रम्पसँग विवाद भएपनि दुई देशबीचको सम्बन्धलाई बचाउन सकिन्छ: जेलेन्स्की

    किएभ युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ तर दुई देशबीचकाे सम्बन्धलाई बचाउन सकिने बताउनुभएकाे छ । महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पसँग मतभेद भएपछि जेलेन्स्कीले याे प्रतिक्रिया दिनुभएकाे बीबीसीले जनाएकाे छ ।

    ह्वाइट हाउसमा रहेकाे ओभल अफिसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग जेलेन्स्कीकाे चर्काचर्की भएकाे हाे । ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताउनुभएकाे थियाे । जेलेन्स्कीले भने आफूले युद्धविराम चाहेको उल्लेख गर्नुभएकाे थियाे ।

    भेटका क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धका लागि जुवा खेलेको आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता गर्नुपर्ने नत्र कुरा अगाडि नबढ्ने बताउनुभएकाे थियाे । तर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै सम्झौता नहुने बताएपछि दुई नेताबीच चर्काचर्की परेकाे थियाे । ह्वाइटहाउसमा भएकाे भेटमा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाउनुभएको छ । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।

    भेटवार्ताका क्रममा असाधारण वातावरण बनेपछि जेलेन्स्की ह्वाइटहाउस छोडेर निस्किएपछि दुवै राष्ट्रपतिले गर्ने भनिएकाे संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत शान्ति स्थापनाका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने प्रतिक्रिया दिनुभएको छ ।

    यसैबीच बेलायतका प्रधानमन्त्री सर केयर स्टार्रले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गर्नुभएकाे र युक्रेनका लागि अटल समर्थन कायम राख्नुभएकाे खबरमा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट