logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • अबकाे राजनीतिक रणनीति तय गर्न देउवाले बोलाए पदाधिकारीकाे बैठक

    844Shares
    अबकाे राजनीतिक रणनीति तय गर्न देउवाले बोलाए पदाधिकारीकाे बैठक

    काठमाडौं । जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनबारे रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बूढानीलकण्ठ बोलाएका छन् ।

    देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बोलाएर नयाँ रणनीति तय गर्न लागेका हुन् । निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार दिउँसो २ बजेदेखि बस्दै छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको अधिवेशन लगायतबारे छलफल हुने एकजना पदाधिकारीले जानकारी दिएका छन् ।
    कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्‍दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

    मंगलबार सभामुख देवराज घिमिरेको पहलमा बसेको शीर्ष नेतासहित संसद्‍का प्रमुख दलहरूको बैठकमा पनि कुरा मिल्न सकेको थिएन । कांग्रेसले सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बन्नै पर्ने अडान राखेको छ ।

    उता रास्वपाले भने राज्यका कुनै पनि निकाय र अंगबाट अभियोग नलागेको अवस्थामा संसदीय समिति बनाउने कुरा कुनै हालतमा नस्वीकार्ने अडान लिएको छ । यी दुई दलको विवादका कारण आगामी आर्थिक वर्षको बजेटका लागि बोलाइएको संसद्को बर्खे अधिवेशन नै प्रभावित हुने जोखिम देखिएको छ । मंगलबार सर्वदलीय बैठकमा अडान नछाडेको कांग्रेसले बूढानीलकण्ठबाट सम्भावित रणनीति तय गर्दैछ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार