logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी

    850Shares
    प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी

      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालका आमा–बुवासँग टेलिफोन सम्वाद गरेका छन् ।

    एमाले नेता महेश बस्नेतले भैरहवास्थित घरमा पुगेर उनका बुबाआमा र परिवारसँग भेटी समवेदना व्यक्त गर्दै उनले प्रकृतिका बुबाआमाको प्रधानमन्त्री ओलीसँग गराएका हुन्।

    प्रधानमन्त्री ओलीले सुरुमा क्याम्पसको पछिल्लो अवस्थाबारे सोधेका थिए । प्रकृतिका बुवा सुनिलले क्याम्पसतिरको स्थितिबारे जानकारी नभएको बताउँछन् । उनले प्रकृतिको मृत्युको अनुसन्धान भने भइरहेको जानकारी पाएको बताए । पोष्टमार्टम रिपोर्ट आइसकेको र फरेन्सिक जाँचको प्रगति थाहा भने नभएको उनले प्रधानमन्त्री ओलीलाई जानकारी गराउँछन् ।

    उनले भने, ‘यो खबर सुनेर मलाई निकै दु:ख लागेको छ। हामी सबैलाई दु:खी बनाएको छ। भएको घटनालाई फर्काउन सकिँदैन । नहुनुपर्ने घटना भयो । हामीले धैर्य गरेर यसको सामना गर्नुपरेको छ । छानबिन पनि भइरहेको छ ।’

    प्रधानमन्त्री ओलीले त्यस घटनाबारे निष्पक्ष छानबिनसहित र दोषीलाई कारबाही पनि हुने विश्वास व्यक्त गरे ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट