logo

२०८३ आश्विन १७ शनिबार

logo
  • २०८३ आश्विन १७ शनिबार
  • ४१ देशका लागि संसदीय मैत्री समूह गठन

    1.3KShares
    ४१ देशका लागि संसदीय मैत्री समूह गठन

    काठमाडौं । संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको छ ।

    बिहीबार सिंहदरबारमा सांसद मैत्री समूहको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देशका लागि संसदीय मैत्री समूहमा रहेका सांसदको नाम पढेर सुनाएका थिए । सो क्रममा सभामुख घिमिरेले तीन वटा संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको जानकारी दिए ।

    उनले संसदीय मैत्री समूहका संयोजकहरुले सम्बन्धित देशसंग संसदीय सम्बन्ध बढाउन भूमिका निर्वाह गर्न आग्रह गरे । संसदीय मैत्री समूह गठनमा ढिलाई भएको भन्दै उनले अब सक्रिय रुपमा अघि बढाउन समेत सुझाव दिए ।

    सभामुख घिमिरेले संसदीय मैत्री समूहसम्बन्धी कार्यविधि बनाएर व्यवस्थीत गरिने बताए ।

    उनले भने, ‘हामीसँग भएका संसदीय समितिहरु दुईवटै सदनको गरेर जम्मा १६ वटा छन् । १६ वटालाई पनि व्यवस्थापन गर्न समस्या भएको अवस्था छ । मैत्री समूहहरुलाई सचिव दिने कुरा सम्भव छैन् । हाललाई, छुट्टै कोठा गर्ने त झनै सम्भव छैन् । एउटा कोठा तोकौ भन्दा पनि सम्भव छैन् ।’

    मैत्री समूहहरुमा संयुक्त अरब इमिरेट्स, आउदी अरब, आयरल्याण्ड,ओमान, पोर्चुगल, थाइल्याण्ड, अमेरिका, फिनल्याण्ड, स्पेन, अष्ट्रेलिया, बहराइन, फ्रान्स, ब्राजिल, जापान, मलेसिया, बेलायत, बेल्जियम, रुस, उत्तर कोरिया, इजिप्ट, इजरायल, भारत, दक्षिण अफ्रिका, चीन, क्यानडा, क्यूबा, केन्या, अष्ट्रिया, श्रीलंका, स्वीटजरल्याण्ड, अजरबैजान, कतार, जर्मनी, नर्बे, भुटान, डेनमार्क, कमेडिया, कुवेत लगायत छन् ।

    उक्त समूहका लागि संयोजक र सदस्यहरु तोकिएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट