logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • विचाराधीन विधेयक पेश गर्न सभामुख घिमिरेको निर्देशन

    994Shares
    विचाराधीन विधेयक पेश गर्न सभामुख घिमिरेको निर्देशन

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिनुभएको छ ।

    घिमिरेले मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएका थिए । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए ।

    समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका छन् । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरुले बताएका छन् ।

     बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिनुभएको थियो ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले समितिका सभापतिहरु अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरमसमेत नपुगेको कुरा सभामुखसँग राख्नुभएको थियो । सभामुख घिमिरेले विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको हो ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट