logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

    907Shares
    स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

    काठमाडौँ | आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम अनुसार कानुनी प्रक्रिया पुरा भएका २५ राजनीतिक दललाई दर्ता गराइएको हो ।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी उपनिर्वाचनका लागि दर्ता भएका आयोग ले जनाएको छन्। यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि प्रतिस्पर्धा गर्नेछन्।

    त्यसै गरी हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी  (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (वी.पी.), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल आयोगमा दर्ता भएका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट