logo

२०८३ श्रावण १९ मंगलवार

logo
  • २०८३ श्रावण १९ मंगलवार
  • काठमाडौंको वसन्तपुरमा ठड्याइयो होलीको चीर

    1.1KShares
    काठमाडौंको वसन्तपुरमा ठड्याइयो होलीको चीर

    काठमाडौं । काठमाडौंको वसन्तपुर हनुमानढोकामा विधिवत रूपमा चीर ठड्याएसँगै फागु (होली) सुरु भएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइत अनुसार आज बिहान ८ः ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो।

    हनुमानढोका दरबारको मूलद्वार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

    योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ । चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट