logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • यू–१९ एशिया कप: नेपालले बङ्गलादेशलाई १ सय ४२ रनको लक्ष्य दियो

    976Shares
    यू–१९ एशिया कप:  नेपालले बङ्गलादेशलाई १ सय ४२ रनको लक्ष्य दियो

    काठमाडाैं– १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले बङ्गलादेशलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

    यूएईको दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो । नेपालका ओपनर ब्याटर आकाश त्रिपाठीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै अभिषेक तिवारीले २९, उत्तम मगरले २९ रन बनाए । बङ्गलादेशका अल फहाद, इकबाल होसेन इमोन र रिजान होसनले २/२ विकेट लिए ।

    नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट