logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

    952Shares
    दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

    उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनी गत असोज ६ गते पक्राउ परेका थिए ।

    साईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।

    मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो । उनलाई यहि असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट