logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • काठमाडाैं महानगरले पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गर्याे

    868Shares
    काठमाडाैं महानगरले पलेशा गोवर्धनलाई  पाँच लाख नगदसहित सम्मान गर्याे

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

    बुधबार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।

    त्यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । महानगरले नेगीलाई ३ लाख नगदसहित सम्मान गरेको हो ।

    फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा पारालिम्पिककी कास्य पदक विजेता पलेशा गोवर्धन बुधबार बिहान स्वदेश फर्किएकी हुन्।

    उनलाई राष्ट्रिय खेलकुद परिषदले सम्मानस्वरूप विमानस्थलदेखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार