logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • दाउन्ने खण्डमा सडक मर्मत गर्न यातायात सञ्चालनमा रोक

    880Shares
    दाउन्ने खण्डमा सडक मर्मत गर्न यातायात सञ्चालनमा रोक

    नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो ।

    भासिएको ठाउँमा मर्मतका लागि आज दिउँसो एक बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

    विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट