दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख। १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् । नदीबाट एक जना वृद्धको सकुशल उद्धार गरिएको भए पनि उहाँको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन।
यात्रुको सङ्ख्या बारेमा प्रहरीले खोजी गरिरहेको छ । स्थानीयले फोर्स गाडी दुर्घटना भएको खबर गरेका थिए । सोही अनुसार प्रहरी चौकी पाल्तडा र दैलेख बाट ३५ जना प्रहरी परिचालन गरी उद्धार कार्य गरिरहेको बताइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया