logo

२०८३ आश्विन २४ शनिबार

logo
  • २०८३ आश्विन २४ शनिबार
  • एफएनसीसीआई एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी

    1KShares
    एफएनसीसीआई एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को एसोसियट उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा पाण्डेले १०७९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरिन्।

    यसैगरी, एसोसियटतर्फ महिला सदस्य पदमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्। मल्लले १०१४ मत र माथेमाले ११४६ मत प्राप्त गरे। उनीहरूका प्रतिस्पर्धी जमुना पौडेलले ७०२ र शोभा ज्ञवालीले ७२१ मत प्राप्त गरेका थिए।

    त्यस्तै, एसोसियट्स समूहअन्तर्गत १७ सदस्य पनि निर्वाचित भएका छन्। निर्वाचित हुनेहरूमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वरबहादुर जिसी, सुरज उप्रेती र बटु लामिछाने रहेका छन्।



    फास्ट न्युज    
  • २०८३ बैशाख २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट