logo

२०८३ असार १० बुधबार

logo
  • २०८३ असार १० बुधबार
  • दशैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै

    1.2KShares
    दशैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै

    काठमाडौं। दशैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदैछ ।विभिन्न कारणले टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर टीका थाप्ने र आशीर्वाद लिने चलन रहिआएको छ।
    देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
    >

    पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट