काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथाको आधार शिविरबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रो खुला पत्र लेख्दै हिमाली जनजीवन र पर्यटनसँग जोडिएका समस्या समाधानका लागि आग्रह गरेका छन् ।
शर्माले पूर्वबजेट अवधिमा प्रधानमन्त्री र सरकारको ध्यान सगरमाथा क्षेत्रमा बसोबास गर्ने नागरिक, भरिया, व्यवसायिक आरोही र पर्यटन पूर्वाधारमा केन्द्रित गरिनुपर्ने तर्क गरेका छन्।
शर्माले सगरमाथा आधार शिविर पुग्दासम्म २३ जना भरियासँग संवाद गरेको उल्लेख गर्दै कसैको पनि बिमा नभएको जानकारी पाएको बताएका छन् । उनले भरियाहरूको जीवन जोखिममा भएको उल्लेख गर्दै स्थानीय तहमार्फत दर्ता, पहिचान र विवरण संकलन गरी ञभरिया बिमा योजनाञ बजेटमा समेट्न आग्रह गरेका छन्।
यस्तै सगरमाथा लगायतका उच्च हिमालहरूमा जीवनभर जोखिम मोलेर काम गर्ने व्यवसायिक आरोहीहरूलाई सरकारले नजरअन्दाज गरिरहेको भन्दै उनले लेखेका छन्, “ती आरोहीहरूलाई निश्चित उमेरपछि पेन्सन सुविधा दिनु सरकारले कदर गर्नुपर्ने कर्तव्य हो।” उनले स्थानीय तहमार्फत आरोहीहरूको विवरण संकलन गरेर पेन्सन योजना सुरु गर्न आह्वान गरेका छन्।
शर्माले सगरमाथा बेसक्याम्पमा सरकारको स्वामित्वमा संचार टावर नरहेको उल्लेख गरेका छन्। निजी क्षेत्रका अस्थायी नेटवर्कमा भर पर्नुपर्दा पर्यटकहरूले घर परिवारसँग सम्पर्क गर्न नसकेको उनी बताउँछन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया