logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • ३२ करोडको सभा गृह, प्रधानमन्त्रीद्धारा उदघाटन

    925Shares
    ३२ करोडको सभा गृह, प्रधानमन्त्रीद्धारा उदघाटन

     कैलाली । कैलालीको धनगढीमा सुविधायुक्त सभागृह संचालनमा आएको छ । सङ्घीय सरकारको ३२ करोड २५ लाख ९७ हजार लगानीमा निर्माण भएको सभा गृह आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । सभा गृहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो ।सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा भाग लिन र सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधनका लागि धनगढी पुगेका प्रधानमन्त्री ओलीले सभा गृहको पनि उद्घाटन गरेका हुन् । धनगढीमा बनेको सभा गृह यो नै पहिलो हो । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सभा गृह निर्माण गरिएको छ ।

    सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह उद्घाटनसँगै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गर्नु भएको हो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार