logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

    910Shares
    जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

    झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन् ।

    सोमबार झापाको कचनकवलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गरेका छन्। झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर सकिनेछ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका नेता कार्यकर्ता परिचालित हुने माओवादीले जनाएको छ ।

    अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका  सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छ्न्। केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छ्न।

    गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुने छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट