काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । उनले तयारी अभावका कारण महाधिवशेन केही समयपछि गर्नुपर्ने अवस्था देखिएको उल्लेख गरेका छन् ।
चितवनमा बोल्दै महतले भने, ‘समयमै अधिवेशन गर्न तयारी पुगेको छैन । अहिले नेतृत्वभन्दा पनि पार्टी निर्माणमा दौड लगाउनुपर्छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ ।’ विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था भएकाले केन्द्रीय समितिले आवश्यकतानुसार निर्णय गर्नसक्ने महतको दाबी छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया