logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • कुलमानले हितेन्द्रलाई भने- जेनजी पुस्ताको माग बुझेर बाटो खुला गर्नुस्

    1KShares
    कुलमानले हितेन्द्रलाई भने- जेनजी पुस्ताको माग बुझेर बाटो खुला गर्नुस्

    काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सन्देश पठाएका छन् ।

    साउनमा कार्यकाल सकिने कुलमानलाई हटाएर तत्कालीन सरकारले हितेन्द्रलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने घिसिङले बताएका छन् ।

    एक सञ्चारमाध्यमसँगको संक्षिप्त टेलिफोन कुराकानीमा मन्त्री घिसिङले सबैले आफ्नो विवेक प्रयोग गरेर आजको मागअनुसार बाटो खुला गर्नुपर्ने भन्दै त्यसपछि मात्र विकल्प सोचिने बताएका छन् । आन्दोलनका क्रममा शाक्यको पनि घर आगजनी भएको छ ।

    शाक्य जेनजी आन्दोलनअघि नै सरकारी कार्यक्रममा भाग लिन कोरिया गएका थिए । उनी आजै स्वदेश फर्किदैछन् । शाक्य आफैँले परिस्थिति बुझेर पद त्याग गरुन् भन्ने आशय मन्त्रीको रहेको निकट स्रोतले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार