logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    1.1KShares
    नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    काठमाण्डाै । बुधबार सामान्य बढेको शेयर बजार आज बिहीबार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.२६ अङ्कले घटेर २ हजार ६ सय ७८.४७ विन्दुमा झरेको छ । बिहीबार फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक र जलविद्युत् समूहको शेयर झन्डै १ प्रतिशतले ओरालो लागेको छ ।

    बिहीबार न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, कुमारी सबल योजना र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७१ करोडको शेयर कारोबार भएकोमा आज ३ सय २ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ९२ लाख रुपैयाँमा किनबेच भएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट