logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • फूलचोकीको जंगलभित्र १३ जना हराए, प्रहरीको खोजी टोली परिचालन

    1KShares
    फूलचोकीको जंगलभित्र १३ जना हराए, प्रहरीको खोजी टोली परिचालन

    काठमाडौं । ललितपुरको फूलचोकीको जंगलभित्र १३ जना हराएका छन् । उपत्यका प्रहरीको कन्ट्रोल रुममा आफूहरु जंगलभित्र हराएको भनी हराउनेमध्येकै एक व्यक्तिले फोन गरेका थिए । बेलुकी साढे ५ त्यस्तो सूचना आउनासाथ प्रहरीको खोजी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवरत्न पौडेलले बताए ।

    खोजी कार्यमा प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको टोली परिचालित छ । २७६१ मिटर अग्लो उक्त स्थामा घना जंगल भएका कारण वर्षेनी मानिस हराउने गरेका छन् । यो समाचार तयार पार्दासम्म हराएका व्यक्ति भेटिएका छैनन् ।



    फास्ट न्युज    
  • २०८१ पुष ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट