logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • एक हप्तासम्मको मौसम पूर्वानुमान गर्ने मौसम विभागको तयारी

    808Shares
    एक हप्तासम्मको मौसम पूर्वानुमान गर्ने मौसम विभागको तयारी

    काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले अब एक हप्तासम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ ।विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले अहिले तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ ।

    एक हप्तासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसमजन्य विपतका घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको भनाइ छ । एक हप्तासम्मको मौसम पूर्वानुमान हुँदा किसानलाई बाली लगाउन र भित्राउन पनि सहज हुने अपेक्षा गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर जगदिश्वर कर्माचार्यले बताउनुभयो ।

    अहिले विश्वव्यापी रूपमै एक हप्ताको अनुमान प्रभाकारी हुन थालेकोले त्यहीअनुसार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । प्राविधिक समस्या रहने भएकोले छिमेकी देश र अरू मौसमसम्बन्धी क्षेत्रीय सङ्गठनसँग सहकार्यका लागि छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

    विपद् व्यवस्थापनविद् डाक्टर धर्मराज उप्रेतीले मौसमसम्बन्धी एक हप्तासम्मको पूर्वानुमान गर्दा मनसुजन्य विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ५, बुधबार १०:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार