logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

    952Shares
    वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

    काठमाण्डौ । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै छ । ललितपुरको जावलाखेलमा आज बिहानैदेखि रातो मच्छेन्द्रनाथको रथमा पूजा गर्नेहरुको भीड छ । आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

    भोटो जात्रालाई झन्डै आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो ।किंवदन्तीअनुसार नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । किसानले दिएको औषधिबाट रानीको आँखा दुख्ने रोग निको भयो ।

    पुरस्कार स्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । त्यसबेला भोटो हरायो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो ।

    हरेक वर्ष साइत हेरेर यो भोटो कस्को हो ? भनेर देखाउने गरिएको विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । भोटो जात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट