logo

२०८३ बैशाख २ बुधबार

logo
  • २०८३ बैशाख २ बुधबार
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एकैदिन चार वटा अन्तर्राष्ट्रिय उडान भए

    1KShares
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एकैदिन चार वटा अन्तर्राष्ट्रिय उडान भए

    काठमाण्डाै । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकैदिन चार वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।

    काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि दैनिक १० घण्टा बन्द भएसँगै भैरहवामा उडान बढेको हो । आज कतार एअरवेज, जजिरा एअरलाइन्स, फ्लाई दुबई र थाई एअर एशियाको जहाजले भैरहवामा उडान गरेका हुन् ।

    बाक्लो हुस्सुका कारण थाई एअर एशियाको जहाज भने कपिलवस्तुको आकाशमा १५ फन्का लगाउन बाध्य भएको थियो । जजिरा एअर भैरहवाबाट सिधै कुवेत उडेको छ भने बाँकी जहाज तालिका अनुसार काठमाण्डौ हुँदै यात्रु लिएर गन्तव्यतर्फ गएका छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट