logo

२०८३ भाद्र २१ आईतवार

logo
  • २०८३ भाद्र २१ आईतवार
  • अन्तत : २४ सय ७० बिन्दुमा नेप्से

    1.1KShares
    अन्तत : २४ सय ७० बिन्दुमा नेप्से

    काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन ५९ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ५८ दशमलव ९३ अंकले ओरालो लागेर २४ सय ७० दशमलव ३९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ५२ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ८८ बिन्दुमा खुम्चिएको छ ।

    धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको ७७ हजार दुई सय ६४ पटक शेयर किनबेच भएको छ । जसअन्र्तगत एक करोड ५५ लाख चार हजार दुई सय २९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ रुपैंयाँ पुगेको छ ।

    धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट