logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • पुन: २७ सय बिन्दुमा खुम्चियो शेयर बजार

    1KShares
    पुन: २७ सय बिन्दुमा खुम्चियो शेयर बजार

    काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको बजार परिसुुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार ९० दशमलव ७३ अंकले ओरालो लागेर २७ सय ३९ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३१ अंकले ओरालो लागेर चार सय ८८ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ ।

    धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीह्रुको एक लाख ३७ हजार एक सय ६३ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ ।

    धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो देखिएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट