काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २४.७६ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ०.९३ प्रतिशतले घटेर २६२८.९१ को बिन्दुमा झरेको हो ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ । कारोबार रकम भने बढ्दै ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । सबै समूह सूचक ओरालो लागेका छन् । व्यापार समूह सबैभन्दा धेरै २.४७ प्रतिशत घट्यो ।पन्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तीन कम्पनी-पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य भने १० प्रतिशतले घटेको छ ।अधिकारक कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, बुटव ल पावर, सिंगटी हाइड्रो, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् परेका छन् ।आजको कारोबारपछि सेयर बजारको कुल बजार पुँजीकरण ४३ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको छ। बजारमा आज सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै ट्रेडिङ समूहमा २.४७ प्रतिशतले गिरावट आएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया