logo

२०८१ माघ १ मंगलबार

logo
  • मंगलबार, १ माघ २०८१
  • नेपाली तरकारी कतार निर्यात सुरु

    नेपाली तरकारी कतार निर्यात सुरु

    715
    SHARES
    नेपाली तरकारी कतार निर्यात सुरु

    काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न थालिएको हो ।



    बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरु हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

    कतार पठाइएका तरकारीहरुमा अकबरे खुर्सानी, सिमी, तीते करेलालगायत छन्। सीएफआरडीको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत काठमाडौंको दक्षिणकाली नगरपालिकामा उक्त तरकारी खेती गरिएको थियो।

    सीएफआरडीले चिनियाँ कृषिशैली नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेको छ । सीएफआरडीले सुरुमा प्लम्बिङ र इलेक्ट्रिसियनको सीप विकासमा यो कार्यक्रम केन्द्रित गरेको थियो । त्यसपछि सन् २०२३ मा भने अफसिजन तरकारी खेतीमा तारकेश्वर नगरका किसानलाई तीन महिने विशेष तालिम दिएको थियो ।

     


    फास्ट न्युज
  • बिहिबार, २७ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट