logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • कुमारी बैंकको उद्यमी प्रशिक्षण

    928Shares
    कुमारी बैंकको उद्यमी प्रशिक्षण

    काठमाडौं| कुमारी बैंकले काठमाडौंको कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम गरेको छ । बैंकले यूएसएड (यूएसएआईडी)सँगको साझेदारीमा मनाइरहेको ‘देशैभरि वर्षैभरि’ अभियान महिला सशक्तीकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा गरेको हो ।

    अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रसारण गरिरहेको बैंकले जनाएको छ ।

    वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको बैंकले जनाएको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको बैंकको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट