logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

    946Shares
    टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

    काठमाडौं| जगदम्बा  मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट आवर भेरियन्ट सार्वजनिक गरेको छ । जगदम्बा नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक हो । यो नयाँ भेरियन्टको मूल्य दुई लाख ९९ हजार नौ सय रूपैयाँ तोकिएको छ ।

    जगदम्बाले यसअघि टिभिएस आइक्युबमा दुई वटा मोडेल नेपालमा बिक्री गरेकोमा तेस्रो मोडेल बिक्री गर्न थालेको हो । यसले इलेक्ट्रिक सवारीसाधनलाई नेपाली बजारमा अझ पहुँच योग्य बनाएको जगदम्बाले जनाएको छ । यस भेरियन्टमा २ घण्टाभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिने सुविधा दिइएको कम्पनीले जनाएको छ ।

    ७५ किमी प्रतिघण्टाको टप स्पिड, ५ इन्चको डिजिटल टिएफटी स्क्रिन, र ३० लिटरको अन्डर सीट स्टोरेज जस्ता सुविधा यसमा छन् । टिभिएस आइक्युब २.२ किलोवाट आवर भेरियन्टको स्कुटर सार्वजनिक गरेको अवसरमा जगदम्बाले नेपाली महिला फुटबल टोलीलाई सम्मानसमेत गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट