logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • खोटाङ कांग्रेसले भन्यो-वीपीको विचार आज पनि समय सापेक्ष

    खोटाङ कांग्रेसले भन्यो-वीपीको विचार आज पनि समय सापेक्ष

    1.8K
    SHARES
    खोटाङ कांग्रेसले भन्यो-वीपीको विचार आज पनि समय सापेक्ष

            खोटाङ,। नेपाली कांग्रेस खोटाङले आठ दशक पछि पनि वीपीको विचार उतिकै समय सापेक्ष रहेको वताएकोछ। आज पार्टीकार्यलय खोटाङमा जननायक वीपी कोइरालाको १११ओैं जन्म जयन्तीको अवसरमा आयोजित अन्तर संवाद कार्यक्रममा पार्टीका नेताहरुले उक्त धारणा राखेका हुन। आज अमेरिका जस्तो पुजीवादी देशमा पनि समाजवादको बहसले नेतृत्व लिन खोजिरहेको नेपाली कांग्रेस खोटाङका पुर्व सभापति एवं पुर्व राज्यमन्त्री शिवकुमार बस्नेतले वताउनु भयो। उहाले भन्नुभयो “अहिले अमेरिकीमा निर्वाचन चलिरहेको छ। त्यसमा समाजवादी पक्षको उमेदवारको लोकप्रियता देखिनु भनेको आज पनि नेपालमा वीपी कोइरालाले प्रतिपादन गरेको समाजवादी विचारको सान्दर्भिकता छ भन्ने प्रमाण हो। ” तर, आज वीपी कोइरालाको वीचार सिद्धान्तलाई कांग्रेसले व्यवहारमा लागू गर्न नसक्नु र वैज्ञानिकरण गर्न नसक्नु चाहिँ दुखको कुरा रहेको उहाले बताउनु भयो।



    त्यसै गरि वीपीको राजनीतिक, साहित्यिक र दार्शनिक क्षमता अलौकिक रहेको स्मरण गर्दै जिल्ला पार्टी सभापति बिष्णुकुमार राईले फरक प्रसंगमा खोटाङको राजनीतिलाई अस्थिर वनाउन पार्टी भित्रका अवशरवादीहरु लागेको हुदा त्यस्ता शक्तिलाई परास्त गर्नुपर्ने बताउनु भयो। सभापति राईले पछिल्लो समयमा खोटाङ कांग्रेसमा संगठन निर्माण गर्नु भन्दा काठमाडौमा नेताको चोटाकोठामा धाउने र कार्यकर्तालाई फोनबाट भ्रम फैलाउने, बिभाजन गर्ने प्रयास गरिरहेको बताउनु भयो। उहाले पार्टी संगठन निर्माणको सन्दर्भमा हो भने म जुनसुकै नेता कार्यकर्ता संग छलफल र बहस गर्न तयार छु। तर, मैले चार दशक रगत पसिना बगाएको पार्टी, वीपीले निर्माण गरेको पार्टीलाई कमजोर पार्न खोज्ने षड्यन्त्रको शिकार भने आफ्नो नेतृत्वकालमा हुन नदिने बतनउनु भयो।  राईले जिल्ला कार्यकर्ताहरुलाई कृयाशिल सदस्यता वितरण संगै अब पार्टीको प्रत्येक विभागहरु,भातृ संगठनहरु  चुस्त दरुस्त बनाउन निर्देशन दिनुभयो ।

    उक्त कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य जीतेन्द्र सिंह ठकुरी, जिल्ला उपसभापति इवन राई, जिल्ला प्रवक्ता एवं तरुण दल केन्द्रीय सदस्य रोजन राई, संगठन विभाग प्रमुख बिष्णुराज राई, महासमिति सदस्य सुमनबावु आचार्य, जिल्ला सदस्य खगेन्द्र ब. कार्की, क्षेत्रीय सभापति दिनेश कुमार घिमिरे, नगर सभापति प्रकाश कुमार श्रेष्ठले आफ्ना बिचारहरु राख्नुभएको थियो ।


    फास्ट न्युज
  • सोमबार, २४ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट