logo

२०८२ फाल्गुन २९ शुक्रबार

logo
  • २०८२ फाल्गुन २९ शुक्रबार
  • ताप्लेजुङ गोल्डकप फुटबल: उपाधिका लागि सलहेस र सगरमाथा युथ क्लबको भिडन्त

    886Shares
    ताप्लेजुङ गोल्डकप फुटबल: उपाधिका लागि सलहेस र सगरमाथा युथ क्लबको भिडन्त

    काठमाण्डौ । ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सलहेस युथ क्लब सिरहा र सगरमाथा युथ क्लबबीच खेल हुँदैछ । यो खेल दिउँसो २ बजेपछि ताप्लेजुङको फुङलिङ मैदानमा हुनेछ । सलहेसले यसअघि सिमरा गोल्डकपमा ‘ए’ डिभिजन लिगको चर्च ब्वाइजलाई हराएको थियो ।

    यस्तै, सगरमाथा युथ क्लब मोरङले राजारानी र सङ्खुवासभा गोल्डकपमा ह्याट्रिक गरिसकेको छ भने इटहरी गोल्डकप दुई पटक जितिसकेको छ । ताप्लेजुङ गोल्डकपको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट