logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

    886Shares
    पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

    काठमाडौँ, १४ वैशाख । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो ।
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा  भएको खेलमा पुलिस क्लबले आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो । जितसँगै पुलिसले  ६ अङ्क बटुलेको छ । पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
    खेलको पहिलो सेटमा पुलिस २५–१९ अङ्कले विजयी भयो । पुलिसले दोस्रो सेट १७–२५ अङ्कले गुमाउन पुग्यो । तेस्रो सेटमा पुलिस क्लब २५–१५ अङ्कले विजयी भयो । निर्णायक सेटमा पनि पुलिस क्लबले आर्मीलाई २५–१३ अङ्कले हरायो ।
    शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रयोगिताको विजेता टोलीले रु चार लाख ९९ हजार तथा उपविजेता टोलीले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार