काठमाडौं । काठमाडौंको मूलपानिमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको थियो । ओमानले भने हिजै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो ।
आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने छ । नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू१९ विश्वकपमा छनोट हुने छन् । खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया