logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • बंगलादेशका राष्ट्रपति शहाबुद्दिनले संसद्‍ भंग गरिदिए

    871Shares
    बंगलादेशका राष्ट्रपति शहाबुद्दिनले संसद्‍ भंग गरिदिए

    ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार एक आदेश जारी गर्दै देशको संसद्‍ भंग गरिदिएका छन् । राष्ट्रपति कार्यालयको प्रेस विभागले मंगलबार एक सूचना निकालेर संसद् भंग भएको जानकारी दिएको हो ।

    उक्त सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ।

    बंगलादेशमा यसै वर्ष ७ जनवरीमा चुनाव भएको थियो । त्यस चुनावमा शेख हसिना नेतृत्वको अवामी लीगले दुईतिहाइ बहुमत ल्याएको थियो ।

    तर विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले राजीनामा दिएर देश छाडिसकेकी छन् । यस्तोमा सोमबार राष्ट्रपतिले एक आदेश जारी गर्दै बीएनपी नेता खालिदा जियासमेत कयौँ विपक्षी नेतालाई पनि नजरबन्दबाट मुक्त गर्न आदेश दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ श्रावण २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट