logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • चन्द्रागिरीमा अड्किएका केबलकारको प्राविधिक समस्या समाधान, सेवा सुचारू

    856Shares
    चन्द्रागिरीमा अड्किएका केबलकारको प्राविधिक समस्या समाधान, सेवा सुचारू

    काठमाडौं। चन्द्रागिरीमा अड्किएका केबलकार विद्युत सुचारु भएपछि ठाउँमा पुगेका छन् । सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले सशस्त्र प्रहरीको टोलीले उद्धार सुरु गरेलगत्तै प्राविधिक समस्या समाधान भएर केबलकार सूचारु भएको बताए ।

    ‘हाम्रो टोलीले काम सुरु गर्नेबित्तिकै प्राविधिक समस्या समाधान भएर केबलकार चल्न थालेका छन्’, प्रवक्तासमेत रहेका डीआईजी न्यौपानेले भने । विद्युतमा समस्या आएपछि ८ वटा केबलकार अड्किएका थिए ।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले ७७ जना यात्रु केबलकारमा अड्किएको र ८ जनालाई भर्यााङबाट ओरालिएको बताए । ‘पोल छेउमा रहेका केबलकारबाट ८ जना निकालिएको हो । त्यति गरेलगत्तै केबलकार आफै चल्यो’, उनले भने ।

     



    फास्ट न्युज    
  • २०८१ श्रावण २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार