logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • पूर्वऊर्जामन्त्री खड्काको लैनचौरस्थित संरचनामा महानगरले चलायो डोजर

    1KShares
    पूर्वऊर्जामन्त्री खड्काको लैनचौरस्थित संरचनामा महानगरले चलायो डोजर

    काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनीको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । नेपाल स्काउटले कात्तिक २० गते एक सूचना जारी गर्दै खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनीलाई ७ दिनभित्र बाँकी बक्यौता तिर्न चेतावनी दिएको थियो ।

    उक्त कम्पनीले बक्यौता तिर्न पुनः आलटाल गरेपछि युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा महानगरले संरचनामा डोजर चलाएको हो । उक्त जग्गा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटको स्वामित्वमा पर्छ । खड्काले नेपाल स्काउटको जग्गा प्रयोग गरेबापत ३ करोड ५० लाख रुपैयाँ बढी बक्यौता तिरेका छैनन् ।

    २०६५ सालमा लैनचौरस्थित ३ रोपनी जग्गा प्रयोजनका लागि नेपाल स्काउट र कम्पनीबीच १० वर्षे लिज सम्झौता भएको थियो । जसको अवधि २०७५ सालमै सकिएको थियो । सम्झौतासम्बन्धी विवादपछि कम्पनी अदालत गएको थियो ।

    तर २०७९ असार १३ गते उच्च अदालत पाटनले कम्पनीको दाबी खारेज गर्दै स्काउटको पक्षमा फैसला गर्‍यो । त्यसपछि स्काउटले उक्त जग्गामा रहेको संरचना २०७२ कात्तिक २८ गते सार्वजनिक सूचना जारी गरी सिलबन्दी गरेको थियो । स्काउटले कार्तिक २० गते जारी गरिएको सूचनामा भाडा नतिरेकाले संस्थालाई अपूरणीय क्षति पुगेको उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट