logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन् : मन्त्री अधिकारी

    940Shares
    एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन् : मन्त्री अधिकारी

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।

    आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन् ।

    उनले भने, ‘एउटै उद्देश्य भएका सहकारीहरुमा दुईतीन ठाउँमा बस्न पाइन्न । एउटा व्यक्ति यतापनि छ उता पनि छ । अनि कतै भ्याउँदैन, परिणाम पनि आउँदैन । यो कुरालाई कसरि सुधार गर्नुपर्छ तपार्इंहरुले ध्यान दिनुहोला । यो नियम कानून बनाउँदाखेरि कर्मचारीले आफूले जे सिक्दै आएको छ, जे भोग्दै आएको छ । त्यसको आधारमा ड्राफ्ट बनाउँदो रहेछ । अनि आफूले रिटायर्ड लाईफपछि पनि आफू अनुकुल हुनेगरि कानूनको ड्राफ्ट तयार गरिन्छन् । यसले गर्दा समस्या आएको हो । ’

    साथै  उनले सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको बताए । उनले हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउन समेत आग्रह गरे ।

    उनले भने, ‘हामीले समाजवादी लक्ष्य लिएका छौं । सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको छ । त्यसलाई पूरा गर्नको निम्ति हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउने हो नि । हिजोको जटिलतालाई अहिले पनि जटिलतामा थुपारियो भने समाधान हुन सक्छ ? अहिले मैंले भूमिसुधार आयोग बनाउने भनेर भनेको छु । अब हामी आयोग गठन गर्नेतिर जाँदैछौं ।’



    फास्ट न्युज    
  • २०८१ कार्तिक ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट