logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • नेपाली सेनाको कामु प्रधान सेनापति सिग्देल

    नेपाली सेनाको कामु प्रधान सेनापति सिग्देल

    494
    SHARES
    नेपाली सेनाको कामु प्रधान सेनापति सिग्देल
    काठमाडौँ, १६ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई तोक्नुभएको छ ।
    प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउनुहुने भएकाले राष्ट्रपतिले उहाँलाई आज कामु प्रधानसेनापति तोक्नुभएको हो । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान छ ।
    बलाधिकृत सिग्देललाई हाल ज्येष्ठताका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा साउन २५ गतेदेखि लागू हुनेगरी कामु प्रधानसेनापति तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


    फास्ट न्युज
  • बुधबार, १६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट