logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • नेपाल र कतारबीच द्विपक्षीय बैठक सम्पन्न, आठ समझदारीपत्रमा हस्ताक्षर

    787Shares
    नेपाल र कतारबीच द्विपक्षीय बैठक सम्पन्न, आठ समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । नेपाल र कतारबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएपछि नेपाल र कतारबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको नेतृत्व कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गरेका थिए। “बैठकपछि नेपाल र कतारबीच सरकारी तहमा ६ र निजी क्षेत्रबीच दुई गरी कुल आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ,” परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृत राईले सञ्चारमाध्यमलाई बताए।

    परराष्ट्र प्रवक्ता राईका अनुसार बुधबार नेपाल र कतारबीच कला तथा साँस्कृतिक, शिक्षा, युवा तथा खेलकुद, दुई देशका महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय समाचार समिति र कतारी न्युज एजेन्सीबीच सहकार्य, पराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र कतारको प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।

    यस्तै, नेपालको उद्योग वाणिज्य महासंघ र कतारको उद्योग वाणिज्य महासंघबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सबै समझदारीपत्रको उदेश्य सहकार्य र सहयोग आदानप्रदान गर्ने रहेको छ । काठमाडौंको होटेल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    यो पनि पढ्नुहोस्

    कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डले आज द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्दै



    फास्ट न्युज    
  • २०८१ बैशाख १२, बुधबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार