logo

२०८३ श्रावण २१ बिहीबार

logo
  • २०८३ श्रावण २१ बिहीबार
  • ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक महिलाको मृत्यु, १९ घाइते

    727Shares
    ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक महिलाको मृत्यु, १९ घाइते

    काठमाडौं, साउन २१ — ललितपुरको ग्वार्को चोकस्थित फ्लाइओभरको भित्तामा बस ठोक्किएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

    ललितपुर प्रहरी परिसरका अनुसार मृत्यु हुनेमा दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्दै आएकी ४० वर्षीया जेनिशा लामा रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी लामाको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    बिहीबार बिहान करिब १०:३० बजे कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्को चोकस्थित फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको थियो।

    दुर्घटनामा घाइते भएका १९ जनाको बिएण्डबी अस्पताल र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।

    प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक रूपमा बस अनियन्त्रित भएर फ्लाइओभरको भित्तामा ठोक्किएको अनुमान गरिएको भए पनि दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट