logo

२०८३ श्रावण २१ बिहीबार

logo
  • २०८३ श्रावण २१ बिहीबार
  • कांग्रेस आधिकारिकता विवादमा देउवाको पुनरवलोकन निवेदन अघि बढ्ने, सर्वोच्चले दियो निस्सा

    811Shares
    कांग्रेस आधिकारिकता विवादमा देउवाको पुनरवलोकन निवेदन अघि बढ्ने, सर्वोच्चले दियो निस्सा

    काठमाडौं, साउन २१ — नेपाली कांग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरवलोकन निवेदन अघि बढाउने आदेश दिएको छ।

    प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले देउवाको पुनरवलोकन निवेदनमा ‘निस्सा’ (पुनरवलोकनका लागि अनुमति) प्रदान गर्ने आदेश गरेको हो।

    सर्वोच्चको यो आदेशसँगै यसअघि भएको फैसलामाथि पुनः न्यायिक परीक्षण हुने बाटो खुलेको छ। अब पुनरवलोकन निवेदनको सुनुवाइ सर्वोच्च अदालतको प्रक्रिया अनुसार अघि बढ्नेछ।

    देउवाले कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्चको अघिल्लो आदेशमा कानुनी त्रुटि रहेको दाबी गर्दै पुनरवलोकनको माग गरेका थिए। पूर्ण इजलासले प्रारम्भिक रूपमा पुनरवलोकन योग्य आधार रहेको ठहर गर्दै निवेदन अघि बढाउन अनुमति दिएको हो।

    यस आदेशले कांग्रेसको आधिकारिकता विवादमा न्यायिक प्रक्रियाले नयाँ मोड लिएको छ। अब पुनरवलोकन सुनुवाइपछि सर्वोच्च अदालतले अन्तिम निर्णय दिनेछ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट