logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • कपिलवस्तुमा किन जारी भयाे निषेधाज्ञा ?

    1KShares
    कपिलवस्तुमा किन जारी भयाे निषेधाज्ञा ?

    तौलिहवा (कपिलवस्तु ) ।कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो । उहाँले कपिलवस्तुको विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको बताउनुभयो ।

    उहाँका अनुसार निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय, बभनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही समेत गरिने बताउनुभयो ।

    जिल्लाको महाराजगञ्ज बर्गदामा भएको घटनामा कुल २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक सहित ११ जना तथा सशस्त्र प्रहरीका छ जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ छ जना घाइते भएका थिए ।

    त्यसमध्ये चारजनालाई गोली लागेको छ । चारजनाको भैरहवा, एकजनाको भरतपुर र एकजनाको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा नौ जनालाई प्रहरीले नियन्त्रण लिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट