logo

२०८३ कार्तिक २६ बुधबार

logo
  • २०८३ कार्तिक २६ बुधबार
  • नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी मनाउँदै नयाँ वर्ष

    961Shares
    नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी मनाउँदै नयाँ वर्ष

    काठमाडौं । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नेपाल संवत्को नयाँ वर्ष मनाउँदैछन् ।

    म्हः पूजाका अवसरमा नेवार समुदायले आफ्नै शरीरको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ । यस दिन परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मण्डप बनाई विधिपूर्वक आफ्नो पूजा गर्ने चलन छ ।

    म्हः पूजाका क्रममा चामल, फूल, फलफूल, बत्ती लगायतका पूजा सामग्री प्रयोग गरी मण्डप सजाइन्छ । त्यसपछि परिवारका सदस्यले विधिपूर्वक पूजा गरी सगुन ग्रहण गर्ने परम्परा छ ।

    नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो । राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यता छ ।

    नेपाल संवत्को नयाँ वर्षका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी, र्‍याली तथा शुभकामना आदानप्रदानका कार्यक्रम आयोजना गरिन्छन् । यस पर्वले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट