logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • सहकारी पीडितले पोखरामा रविलाई कालोझण्डा देखाए

    835Shares
    सहकारी पीडितले पोखरामा रविलाई कालोझण्डा देखाए

    काठमाडौं । पोखराका सहकारीपीडितहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विरोधमा उत्रिएका छन् ।

    पोखरामा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् ।

    लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधनका लागि पोखरा पुगेका बेला सहकारी पीडितको आक्रोशमा परेका हुन् ।

    रास्वपाले पोखरा बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा प्रदेशस्तरीय कार्यक्रम राखेको छ । विमानस्थलबाट उत्रिएर कार्यक्रमस्थलमा जाने क्रममा रविले सहकारी पीडितहहरूको विरोधको स्वर र नाराबाजी सुन्नु् परेको हो ।

    सहकारी पीडितहरूले कार्यक्रमस्थलबाहिर जम्मा भएर रविविरुद्ध नाराबाजी गरिरहेका छन् ।

    पोखरास्थित सूर्यदर्शन सहकारी पीडितहरू ठूलो संख्यामा भेला भएर रविको विरोध गरेका हुन् । सहकारी पीडितहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरूको बचत रकम हिनामिना गरेको भन्दै नाराबाजी गरेका छन् ।

    सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको बताउँदै सहकारी पीडितहरूले रविविरुद्ध चर्का नाराबाजी पनि गरेका छन् ।

    रविले सोमबार मात्रै धनगढीमा आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेट्वर्कमा सहकारीबाट अवैध रुपमा लगानी भित्रिएको स्वीकार गरेका थिए ।

    रविलाई सहकारी प्रकरणमा संसदीय समितिले यसअघि नै ५१ वटा प्रश्नको जवाफ माग्दै ९ घण्टा लामो बयान लिइसकेको छ ।

    त्यसैगरि कास्की प्रहरीले पनि काठमाडौंमै पुगेर रविसँग बयान लिएको थियो । तर, आफू प्रबन्धक निर्देशक भए पनि सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा ल्याउन आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन् ।

    यसअघि ७ पुस २०८० मा रविलाई लक्षित गरी पोखरामै खोया हानिएको थियो। अमरसिंहचौरस्थित खेल मैदानमा पार्टीको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया हानेका थिए ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार