logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • अडियो प्रकरणबारे मन्त्री अधिकारीले भने-‘चरित्रहत्या गर्न खोजियो’

    988Shares
    अडियो प्रकरणबारे मन्त्री अधिकारीले भने-‘चरित्रहत्या गर्न खोजियो’

    काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन बाध्य बनाएको पोखराको जग्गा प्रकरणमा भूमिमन्त्रीले पनि घुस लिएको भन्ने अडियो पनि सार्वजनिक भएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको भन्ने अडिओ सार्वजनिक भएको हो । अडियोमा पोखराको बाटुलेचौरमा रहेको एक सय ३४ रोपनी जग्गा दर्ता गर्ने प्रयोजनका लागि सेटिङ मिलाउन मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी छ ।

    यसअघि मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको थियो ।

    अडियाे सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको थियो । त्यो अडिओमा पनि भूमिमन्त्री अधिकारीले पैसा खाइसकेको भन्ने सुनिन्थ्यो । मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको विषयमा अधिकारीका छोरा मनोज अधिकारी र मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलको नाम पनि जोडिएको छ ।

    यसैबीच मन्त्री अधिकारीले सार्वजनिक अडियो आफूसँग सम्बन्धित नभएको स्पष्टीकरण दिनुभएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरू आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको जिकिर गर्नुभएको हो । उहाँले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्यमा आफूले कुनै पनि घुस नलिएको दाबी गर्नुभयो ।

    मन्त्री अधिकारीले बिचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभीष्ट पूरा गर्नका लागि चरित्रहत्या गरिएको जिकिर गर्नुभयो । उहाँले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नका लागि मन्त्रालय आए पनि आफूले अस्वीकार गरेको दाबी गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट