logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • कांग्रेसलाई जिताउनुस्, ५ वर्षमा ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्छौ: गगन थापा

    925Shares
    कांग्रेसलाई जिताउनुस्, ५ वर्षमा ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्छौ: गगन थापा

    बाँके । नेपाली कांग्रेसका सभापति गगन थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिन बाँकेवासीसँग आग्रह गरेका छन् । बिहीबार बाँकेको जानकी गाउँपालिका–३ मा आयोजित चुनावी सभालाई सम्बोेधन गर्दै सभापति थापाले अब देशलाई काम गरेर अघि बढाउनुपर्ने बताउँदै पाँच वर्ष मौका दिन आग्रह गरेका हुन् । ‘सुशासनका लागि आगामी ५ वर्षमा कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने छ । मौका दिन म अनुरोध गर्न चाहन्छु,’ सभापति थापाले भने ।

    बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले कांग्रेसका पूर्व सभापति सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने बताए । ‘सुशील कोइरालाले बनाएको संविधान भनेको एउटा बाटो हो,’ उनले भने, ‘त्यो बाटोमा विगत सात वर्षमा भएको क्षतिपूर्ति गर्नेगरी गाडी बेजोडले दौडाउँछौँ ।’

    गाडी दौडाउने मात्र नभई कांग्रेसले त्यो गाडी दुर्घटनामा नपर्ने पनि ज्ञारेन्टी गर्ने सभापति थापाले बताए । ‘सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो,’ उनले भने । तर चटक गरेर गाडी न दौड्ने, न जोगिने उनले टिप्पणी गरे ।

    विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ति सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताए । ‘पेटमा भोक छ, आँखामा सपना छ अनि सङ्कल्पसहित अघि बढ्ने योजना पनि छ,’ उनले भने । सभापति थापाले पार्टी एकढिक्का रहेको र कुनै समस्या नभएको पनि दाबी गरे ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट